ad ad

कर्णाली


बालकुमारी घटनाको असर : सुर्खेतमा ७० बढी सरकारी सवारी साधन नियन्त्रणमा

बालकुमारी घटनाको असर : सुर्खेतमा ७० बढी सरकारी सवारी साधन नियन्त्रणमा

नेपालखबर
पुस १६, २०८० सोमबार ११:४६, सुर्खेत

सुर्खेतमा आन्दोलनको अवज्ञा गर्दै सवारी चलाउँदा ७० बढी सवारी साधन नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ।

ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै सुर्खेतमा जारी ‘युवा विद्रोह’ जनसंघर्ष समितिले सोमबार चलेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिँदै प्रहरीको जिम्मा लगाएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका एरीचोक, इत्राम, मंगलगढीचोक लगायत स्थानमा पीडित पक्षले आन्दोलन जारी राखेका छन्।

विद्रोही समूहले सरकारी सवारी साधन- ७० वटा मोटरसाइकल र सात वटा चारपांग्रे गाडीलाई नियन्त्रणमा लिएर कर्णाली प्रदेश ट्राफिक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू प्रदेश र जिल्ला ट्राफिक कार्यालयमा राखिएका छन्।

यस्तै, आन्दोलन संघर्ष समितिले शुक्रबार सडक आन्दोलन र शनिबार वीरेन्द्रनगर बजारको यरीचोकबाट र्‍यालीसहित मंगलगढी पुगेर एक घण्टा सम्पूर्ण सवारी साधान चल्न नदिई चक्काजाम गरेको थियो।

संघीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सुर्खेतमा चार दिनदेखि लगातार प्रदर्शन भइरहेको छ।

ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन भएको हो। सडकमा उत्रिएर यहाँका स्थानीले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राख्दै आएका छन्।

सरकारको कार्यशैलीले देशमा सुरक्षित वातावरणको प्रत्याभूत गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारको आजीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग पनि राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .