ad ad

कोशी


बाहुनीका ४ सय बालबालिकालाई न्यानो कपडा

बाहुनीका ४ सय बालबालिकालाई न्यानो कपडा

नेपालखबर
पुस २३, २०८० सोमबार १२:३७, मोरङ

‘एकीकृत हातेमालो समाज नेपाल’ले मोरङको बेलबारी नगरपालिका–७, बाहुनीका ४ सय स्कुले बालबालिकालाई न्यानो कपडा दिएको छ। 

बाहुनी बजारमा आइतबार कार्यक्रम आयोजना गरी स्थानीय किसान आधारभूत विद्यालय र देवकोटा प्राविका गरी ४ सय विद्यार्थीलाई ज्याकेट र स्विटर वितरण गरिएको हातेमालो समाजका अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य र आयोजक संस्थाका अध्यक्ष गिरीले संयुक्त रूपमा बालबालिकालाई कपडा हस्तान्तरण गरेका थिए। 

सोही अवसरमा रोटरी क्लब अफ भादगाउँसँगको सहकार्यमा ७० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई ब्लाङ्केट, १५ जना विपन्नलाई सिरक, डसना, सिरानीसमेत प्रदान गरिएको छ। साथै स्थानीय क्लबलाई फुटबल, जर्सी, नेटलगायतसमेत वितरण गरियो।

हातेमालो समाजकै पहलमा बाहुनीमा स्थापित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहल उद्घाटन पनि गरिएको आयोजकले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .