कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेसनल वुमन्स लिग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगामी भदौ १६ गतेदेखि हुने राष्ट्रिय गिगमा भाग लिने महिला फुटबल खेलाडीलाई बिदाई गर्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेश विजयी भएमा खेलाडीहरूलाई जनही १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन्।
उनले खेलाडीलाई हौसला प्रदान गर्नका लागि अन्य थप कार्यक्रम पनि ल्याइने बताए।
मुुख्यमन्त्री कार्कीले प्रदेशको खेलकुदलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने तयार भइरहेको जानकारी दिए।
उनले खेलकुदलाई देखाउन र चिनाउने गरी प्रदेशमा काम गर्ने जानकारी दिँदै खेलकुद परिषदलाई बलियो बनाउने बताए।
66
Shares
प्रतिक्रिया