कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
विराटनगरको देवकोटा चोकबाट नियन्त्रणमा लिएर प्रहरीले कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङ लगेको छ। कार्कीलाई नियन्त्रणमा लिएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए।
कार्कीसँगै उनको समर्थनमा रहेका अन्य नेता-कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी र कार्कीका समर्थकबीच केही समय घम्साघम्सी पनि चलेको थियो।
१० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार कार्यक्रम निरन्तरता दिन माग गर्दै कार्की मंगलबार दिउँसो ४ बजेदेखि अनसन बसेका थिए।
183
Shares
प्रतिक्रिया