ad ad

कोशी


कोशी सरकारको नेतृत्वमा माओवादीको दाबी, आङ्बो भन्छन्– कांग्रेसलाई दिए विघटनतर्फ जान्छ

कोशी सरकारको नेतृत्वमा माओवादीको दाबी, आङ्बो भन्छन्– कांग्रेसलाई दिए विघटनतर्फ जान्छ

नेपालखबर
असोज २०, २०८० शनिबार २०:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी सरकारको नेतृत्व माओवादीले लिए मात्रै प्रदेशसभा विघटनबाट जोगिने दाबी गरेका छन्। 

मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएसँगै शनिबार साँझ नेपालखबरसँग कुराकानी गर्दै आङ्बोले प्रदेशसभा जोगाएर मध्यावधि निर्वाचनमा जान नदिनका लागि कोशीमा माओवादी केन्द्र नेतृत्वको सरकार आवश्यक रहेको दाबी गरेका हुन्।

शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका छन्।

‘कांग्रेसले दुई दुई पटक विश्वासको मत लिन असफल भयो। अब नैतिक रुपमा पनि उसले दाबी गर्न मिल्दैन। फेरि पनि उसकै नेतृत्वमा सरकार बनेमा बहुमत पाउने आधार छैन,’ आङ्बोले भने, ‘त्यो भनेको विघटनतर्फ लैजाने कुरा हुन्छ। र प्रदेशसभा जोगाउनका लागि पनि सहमतिको सरकार आवश्यक छ। त्यो माओवादीको नेतृत्वमा मात्रै समभ्व छ।’

आफ्नो पार्टीले एमाले, राप्रपा लगायतका दलहरूसँग पनि यस विषयमा छलफल गरिसकेको उनी बताउँछन्। 

‘माओवादीले एमाले, राप्रपा लगायतका दलहरूसँग पनि छलफल गरिरहेको छ। राजनीतिक रुपमा पनि माओवादीले नै पाउनुपर्ने हुन्छ,’ उनले भने, ण्àमाओवादीले विश्वास पाउँछ र बहुमत जुटाउँछ।’ 

साथै, उनले एमालेको नेतृत्व स्वीकार गर्दा सत्ता गठबन्धनको अहिलेको अवस्थालाई पनि हेर्नुपर्ने बताए। 

‘एमालेको नेतृत्व स्वीकार गर्दा फेरि गठबन्धनको कुरा हुनछ। माओवादीले मात्र चाहेर हुँदैन, गठबन्धनको कुरा हुन्छ,’ आङ्बोले भने, ‘गठबन्धन पनि जोगिने र कोशी प्रदेशको सरकार पनि बन्ने एउटै उपाय भनेको माओवादीको नेतृत्वमा सरकार गठन हो।’

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान भएको छ। यो धारामा प्रदेशसभाका जुनसुकै सदस्यले पनि बहुमतसहित सरकारको दाबी गर्न पाउँछ। 

यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दुई पटकसम्म मुख्यमन्त्री नियुक्त भएर पनि विश्वासको मत पाएका थिएनन्।

‘यस विषयमा केन्द्रीय नेतृत्वको बीचमा पनि सकारात्मक कुरा भएको छ।  राप्रपासँग पनि मध्यावधिमा जान नदिन सकारात्मक छलफल भएको छ,’ आङ्बोले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .