उमेर नपुग्दै हात चाउरिन थालेको छ? हातमा चाउरी पर्नुको कारण र समाधान के होला? सौन्दर्य विशेषज्ञ शहनाज हुसेनले यसका बारेमा बताएका छन्।
यदि उमेर नपुग्दै हातमा चाउरी पर्न थालेको छ भने सबैभन्दा पहिले आफ्नो बानी र जीवनशैलीमा ध्यान दिनुपर्छ। सानो लापरवाहीका कारण हातको छालामा चाउरी पर्न थाल्छ। उचित हेरचाह गर्ने हो भने यसलाई रोक्न सकिन्छ।
सुख्खापनबाट बचाउनुहोस्
सुख्खा छाला भएका मानिसहरुको हातको छाला कम उमेरमा नै चाउरी पर्छ। यस्ता व्यक्तिहरूले आफ्नो हातको छालाको विशेष ख्याल गर्नुपर्छ। पानीमा धेरै काम गर्ने महिलाहरूले कपडा र भाँडाकुँडा धुँदा पन्जा लगाउनु पर्छ।
साथै हातमा नियमित रूपमा मोइस्चराइजर लगाउनुपर्छ। तेल वा घ्यू पनि लगाउन सक्नुहुन्छ। तोरीको तेलले मालिस गर्दा चाँडो चाउरी पर्नबाट जोगिन्छ।
प्रशस्त पानी पिउनुस्
छालालाई समयपूर्व चाउरी पर्नबाट जोगाउन शरीरमा पानीको कमी हुन नदिनुहोस्। दैनिक ८ देखि १० गिलास पानी पिउनुहोस्।
छाला मोइस्चराइजर लगाउनुहोस्
जो मानिस आफ्नो हातको हेरचाहमा लापरवाह हुन्छन्, उनीहरुको हातमा चाँडो चाउरी पर्न थाल्छ। हातमा चाउरी पर्नबाट जोगिन, नियमित रूपमा मोइस्चराइजर लगाउनुहोस्।
पानीमा काम गरेपछि, खाना खाएपछि र राति सुत्नुअघि हातमा मोइस्चराइजर लगाउन नबिर्सनुहोस्। यदि तपाइँ मोइस्चराइजर लगाउन चाहनुहुन्न भने, तेल मालिस गर्न सक्नुहुन्छ।
Shares
प्रतिक्रिया