गजल – १
आउँछ घाम प्रभातमा जसरी पनि,
बोकेर उज्यालो हातमा जसरी पनि
खडेरीमा ओइलाउने फूलहरू पनि,
मुस्कुराउँछन् वर्षातमा जसरी पनि
म नरहन सक्छु तिमी गएपछि,
लैजाऊ तिम्रै साथमा जसरी पनि
मनले चाहेको मान्छे हौ तिमी मेरो,
आइपुग्नु अन्तिम सासमा जसरी पनि
गजल – २
फूलमा सजिएर अबिरमा सजिएर
सक्दिन बस्न म मन्दिरमा सजिएर
मुस्कुराउनु छ मलाई गुराँस जसरी
टक्कसँग तिम्रो त्यो शिरमा सजिएर
तिम्रा प्रहारहरू पनि त यो छाती भरि
खेली रहेका छन् तीरमा सजिएर
यो जिन्दगी मलाई हाँसिरहेझैँ लाग्छ
चोटहरू सँगालेर पीरमा सजिएर
जाँदै गएन त्यहि मान्छे यो मनबाट
जो थिएन आएको तक्दिरमा सजिएर
51
Shares
प्रतिक्रिया