लेखक अन्जना पौडेलको उपन्यास ‘चरीमाई’ सार्वजनिक भएको छ।
चेलीबेटी बेचबिखनको मुद्दामा लेखिएको यो पुस्तकले महिलाहरूले प्रजातन्त्र र माओवादी द्वन्द्वले पनि कमजोर पार्न नसकेकाका विभिन्न विषयलाई उठाएको छ। आज पनि ग्रामीण चेलीहरू देशभित्रकै सहरका होटलमा र भारतका यौन बजारमा बेचिइरहेका घटनालाई मूल विषय बनाएर यो पुस्तक लेखिएको पुस्तकमा भूमिका लेखेका लेखक कृष्ण धरावासीले बताएका छन्।
लेखक पौडेल अनुसन्धाता र प्रध्यापक पनि हुन् भने उनले मानवशास्त्रमा विद्यावारिधि गरिरहेकी छन्।
इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यो पौडेलको चौँथो कृति हो। यसको बजार मूल्य रू. ४४९ राखिएको छ।
324
Shares
प्रतिक्रिया