प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन्।
शनिबार काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ न्युरोलोजिस्ट प्रा.डा. भट्टका कृतिहरू मेरी आमा, समय यात्रा, युद्ध बिना युद्ध र रुपान्तरण सार्वजनिक भएका हुन्। विमोचन समारोहमा बोल्दै वरिष्ठ साहित्यकार देवी नेपालले पुस्तकहरू सर्वसाधारणले बुझ्नेगरी लेखिएको बताए।
उनले कृतिहरू वर्षौंवर्षसम्म रहीरहने सम्पती रहेको बताए।
‘हामीले बौद्धिक व्यक्तित्वहरुको कुरा गर्छौं तर आजको पुस्ताले चिन्दै चिन्दैन। तर आजको पुस्ताले पनि भानुभक्त चिन्छ, देवकोटा चिन्छ। अर्जुन भट्टजीले भौतिक सम्पती बनाउनुभएको भए नसक्ने हो त उहाँ? सम्पती त छोराछोरीका नाममा सर्छन् तर कृतिहरु उहाँकै नाममा सयौँ वर्षपछि पनि प्रकाशित हुन्छन्। यो सम्पती हो। पाण्डित्य प्रदर्शन, डाक्टरी बौद्धिकताको प्रदर्शन छैन। सर्वसाधारणले बुझ्नेगरी गम्भीर कुरा प्रदान गर्नुभएको छ,’ उनले भने।
कार्यक्रममा बोल्दै पुस्तक समालोचक डा.पष्कार भट्टले पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको बताए। उनले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रस्तुत गरेका छन्। नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरू पनि देखाएको बताए।
‘सामाजिक रुपान्तरण कुराहरु, भाषणका हिसावले लामा लामा कुराहरू आएका छन्, तर यसमा सबैले बुझ्ने गरी आएको भए राम्रो हुन्थ्यो। पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको छ। यसले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रस्तुत गरिएको छ। नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरू पनि देखाएको छ। मानवीय समवेदनका कुरा पनि देखाएको छ,’ उनले भने।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, समालोचक पुरुसोत्तम दाहालले नेपाली समाज बिस्तारै अल्छि बनिरहेको बताए। उनीहरूले किताबहरूमा कारुणिक किसिमको कथावस्तु रहेको बताए।
कार्यक्रममा लेखक भट्टले जीवन एउटा संघर्ष भएको र कर्म सुख शान्तिको आधार भएको भन्दै कितावको मूल्यांकन पाठकलाई छोड्ने बताए।
शनिबार चार कृतिहरू एकसाथ विमोचन भएका हुन्।
Shares
प्रतिक्रिया