ad ad

साहित्य


मदन पुरस्कार–२०८० का लागि छनोट भएका ५ पुस्तक सार्वजनिक

मदन पुरस्कार–२०८० का लागि छनोट भएका ५ पुस्तक सार्वजनिक

नेपालखबर
साउन ८, २०८१ मंगलबार १८:९, काठमाडौँ

यसवर्ष (विसं २०८०) को मदन पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन्। मदन पुरस्कार गुठिलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरूमध्येबाट ५ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। 

दीक्षितले मंगलबार छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन्।

ती ५ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई विसं २०८० सालको मदन पुरस्कार प्रदान गरिनेछ। 

उत्कृष्ट पाँचमा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .