ad ad

लुम्बिनी


गृहमन्त्रीको दाबी : गोप्य अध्ययनले सत्ता गठबन्धन १ सय ३१ सिटमा अगाडि देखाएको छ

गृहमन्त्रीको दाबी : गोप्य अध्ययनले सत्ता गठबन्धन १ सय ३१ सिटमा अगाडि देखाएको छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १६:४०, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले १ सय ३१ क्षेत्रमा सत्ता गठबन्धनले जित निश्चित भएको दाबी गरेका छन्। गोप्य अध्ययनले देखाएको रिपोर्ट अनुसार २१ सिटमा मात्र यसअघिको ठूलो दल नेकपा एमाले अगाडि रहेको दाबी गरेका हुन्। 

नेपाल दलित संघले शनिबार रुपन्देहीमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो दाबी गरे। ‘गोप्य अध्ययनले १ सय ३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ,’ खाँणले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रुपमा गठबन्धन देखा परेको छ।’

सत्तापक्ष र विपक्ष गठबन्धन गरेर निर्वाचनमा होमिएका बेला प्रारम्भिक प्रक्षेपणका लागि गोप्य तर, निकै भरपर्दो माध्ययमबाट अध्ययन भएको पनि उनले दाबी गरे। 

‘यसअघिको ठूलो दल एमाले २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि छ,’ खाँणले भने। एमाले अग्रगामी पार्टी भएपनि पश्चगमनको साथ लाग्दा घाटा लागेको बताउँदै सत्ता गठबन्धन अबको ५ वर्ष टिक्ने उनले दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .