लुम्बिनी प्रदेशमा सपथ लगत्तै दलको नेता चयन प्रक्रिया सुरू भएको छ। मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेले दलको नेता चयनको लागि छलफल गरिरहेका छन्।
कांग्रेसले नेता चयन गर्न मतदाता नामावली प्रकाशित गरिसकेको छ। नेता चुन्न कांग्रेसका २७ सांसदले मतदान गर्नेछन्।
आज उम्मेदवारी दर्ता हुने र भोलि विहान मतदान हुन सक्ने कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले बताए।
दलको नेताको लागि अबदुल रज्जाक, डिल्ली चौधरी, वीर बहादुर राना र राजु खनालले दाबी गरेका छन्। चौधरी र रानाबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
यता, एमालेमा दलको नेता चयनको लागि अहिले छलफल सुरू भएको छ। एमालेले पोलिट्व्युरो सदस्य लिला गिरि चुनिने सम्भावना बढी छ।
33
Shares
प्रतिक्रिया