ad ad

लुम्बिनी


छात्राले पाए साइकल

छात्राले पाए साइकल

साइकल पाएपछि छात्रा। तस्बिर : रासस


नेपालखबर
पुस २१, २०७९ बिहिबार ११:३३, भालुवङ

दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ। 

क्रियटिङ पोसिबिलिटिज (सीपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो। 

त्यस्तै गाउँपालिका–६ का विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए। साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताइन्। सृष्टिजस्तै अरु छात्रालाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ। त्यस क्षेत्रबाट विद्यालय टाढा भएका कारण कतिपय छात्राले विद्यालय जानबाट वञ्चित भएका छन्। 

सीपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो। विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सीपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ। हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गरिरहेको सीपी नेपालले आवश्यकताका आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणसम्मका कार्यक्रम गरिरहेको सीपी नेपालकी विद्यार्थी संयोजक गीता चौधरीले जानकारी दिइन्। 

बीस जना पूर्वकमलहरीबाट काम सुरु गरेको सीपी नेपालले ५६ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य बनाएको छ। हाल तीनवटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आठ सयभन्दा बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सीपी नेपालकी विद्यार्थी संयोजक चौधरीले जानकारी दिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .