लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले कांग्रेस संसदीय दलका नेता चौधरीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेकपा एमाले दलका नेता लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि गत मंगलबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ दुई वा दुई भन्दा बढि दलको समर्थसहितको सरकारको दाबी गर्न आज ४ बजेसम्मको समय दिएका थिए।
जस अनुसार चौधरीले आज ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।
माओवादी केन्द्र, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र २ स्वतन्त्र सांसदले चौधरीलाई समर्थन गरेका छन्।
नवनियुक्त मुख्यमन्त्री चौधरीले भोलि (शुक्रबार) साढे ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ।
Shares
प्रतिक्रिया