ad ad

लुम्बिनी


एक दिन सर्‍यो लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने मिति

एक दिन सर्‍यो लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने मिति

नेपालखबर
बैशाख १७, २०८० आइतबार १८:४३, बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने मिति एक दिन पछि सरको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले १८ गते सोमबारका लागि विश्वासको मत लिनका लागि प्रदेश प्रमुखसमक्ष निर्णय पेश गरेको थियो। 

तर, प्रदेशसभाका सभामुख तुलाराम घर्तीले वैशाख १९ गते मंगलबार विहान ११ गतेको लागि बैठक आहवान गरेका छन्।

भोली (सोमबार) अन्तर्राष्ट्रियय श्रमिक दिवस परेकाले विश्वासको मत लिने दिन मंगलबारलाई सारिएको कांग्रेसकी सचेतक निमा गिरिले बताइन्।

गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबर पद तथा गोपनियताको सपथ लिएका थिए। मंगलबार विश्वासको मत लिएपछि प्रदेश सरकारलाई  पूर्णता दिने सत्तापक्षले बताएका छन्।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन र तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .