दाङमा चट्याङ लाग्दा दुईजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय (तुलसीपुर) का प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दङ्गीशरण गाउँपालिकाका दुईजनाको मृत्यु भएको हो।
उgका अनुसार दङ्गीशरण–३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र दङ्गीशरण–६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको हो। चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दङ्गीशरण–६ स्थित गोरु बाँध्न बनाएको छाप्रोमा ओत लागिरहेको अवस्थामा शनिबार साँझ साढे ६ बजेतिर चट्याङ लागेको हो।
त्यस्तै केसीलाई अपराह्न ५ बजेतिर बागरस्थित खेतबाट घाँस लिँदै गरेको अवस्थामा चट्याङले लागेको थियो। उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। रासस
48
Shares
प्रतिक्रिया