बाँकेको नेपालगन्जमा एक युवकको शव फेला परेको छ।
नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
उनले भने, ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ।’
उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ। रासस
225
Shares
प्रतिक्रिया