मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्।
संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठनका लागि आह्वान गरेका हुन्। मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन्।
पुस २८ गते अपरान्ह ४ बजेसम्ममा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि आफ्नो दावी प्रस्तुत गर्ने समय दिइएको छ।
प्रतिक्रिया