सर्लाहीमा चट्याङ लागेर एक किसानको मृत्यु भएको छ। घटनामा उनले चराइरहेको भैँसी पनि मरेको छ।
बलरा नगरपालिका–१ हथियौल निवासी ४५ वर्षीय अर्जुन पटेलको शनिबार दिउँसो चट्याङ लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घर नजिकै चौरमा भैँसी चराइरहेको बेला शनिबार दिँउसो साढे १ बजे झरीसँगै परेको चट्याङले लाग्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
चट्याङ लाग्दा पटेल र उनको भैँसीको घटनास्थलमै मृत्यु भएको हो।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए।
54
Shares
प्रतिक्रिया