ad ad

मधेस


जनकपुर बिग मार्टमा राति एक्कासि आगो लाग्यो, परिवारसहित भागेर ज्यान जोगाए सञ्चालकले

जनकपुर बिग मार्टमा राति एक्कासि आगो लाग्यो, परिवारसहित भागेर ज्यान जोगाए सञ्चालकले

घटनास्थल


रासस
असोज २१, २०८० आइतबार ९:१७, धनुषा

धनुषास्थित जनकपुर बिग एक मार्टमा गएराति आगलागी हुँदा करोडौँको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको छ। 

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। 

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए।

उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताएका छन्। 

सञ्चालक रायले भने, “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाैँ। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .