ad ad

मधेस


मधेसमा जनमतलाई नेतृत्व दिन एमाले र माओवादी सहमत

मधेसमा जनमतलाई नेतृत्व दिन एमाले र माओवादी सहमत

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १९:४४, काठमाडौँ

मधेस प्रदेशमा ३ दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।

बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।

‘अहिले हामी तीन दल (एमाले, माओवादी र जनमत)ले सहमतिमा हस्ताक्षर गरेका छौँ। अरु दलका नेताले पनि गर्नुहुन्छ’ उनले भने, ‘बहुमत सांसदको हस्ताक्षर भएपछि हामी मुख्यमन्त्रीको दाबी पेश गर्छौं।’

साहले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि जनमत पार्टीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरे।

गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने उनको भनाई छ।

१०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। मुख्यमन्त्री यादव २३ जेठमा विश्वासको मत लिने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .