नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि (बुधबार) एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दैछ।
पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार अहिले दिउँसो सवा ३ बजे सुरु हुनेछ।
नेपालको क्रिकेट इतिहासमा नेपाली टोलीले पहिलो पटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग खेल्न लागेको हो।
नेपाल ओडीआई वरीयताको १५ औँ स्थानमा छ। पछिल्लो समय बलिङ र ब्याटिङ दुवैमा लयमा रहेको पाकिस्तानसँग नेपाल नयाँ रणनितिसहित मैदान उत्रने छ।
इर्मजिङ एसिया कपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले उत्साहित नेपाल पनि ब्याटिङ र बलिङ दुवैमा जादु देखाउन चाहान्छ।
नेपालले भोलिको खेलमा टस जितेमा पहिले ब्याटिङ गर्ने सम्भावना छ। विश्व क्रिकेटको बलियो टोली पाकिस्तानसँग नेपालका ब्याटरहरु खुलेर खेल्ने कोसिमा हुनेछन्।
ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखको जोडीले निरन्तरता पाउनेछ। तेस्रो नम्बरमा अर्जुन साउद र चौथोमा कप्तान रोहित आउन सक्छन्। विकेट किपरसमेत रहेका साउद सर्ट बल खेल्न सक्ने दक्षता राख्छन्।
प्रतिक्रिया