मुलुकको सर्वोच्च न्यायालयका रुपमा विसं २००८ सालमै प्रधान न्यायालय स्थापना गरियो। २००९ सालदेखि उसले मुद्दा हेर्न थाल्यो। त्यसो भए २००९ देखि २०११ सालको बीचमा भएका फैसला कहाँ गए त?
झण्डै ७ दशकसम्म नेपालको न्यायालय वा राज्यका कुनै पनि निकायले यस प्रश्नमा समय खर्चने टन्टा नै देखेन।
सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिले २०७८ सालमा आएर यसको खोजबिन गर्यो। सर्वोच्चको अभिलेख शाखाका अभिलेख र भण्डारहरू खोतलियो। धुलो र ढुसीभित्र हराइरहेका र कसैले वास्ता नगरेको अवस्थामा ५ हजार ४ सय ९९ वटा मुद्दाका फाइल भेटिए।
असोज २०, २०८० शनिबार १३:८
प्रतिक्रिया