हङकङले पनि टोक्यो ओलम्पिकमा स्वर्ण पदक हात पार्न सफल भएको छ।
हङकङलाई स्वर्ण पदक दिलाउने खेलाडी फेन्सिङ खेलका चिउङ का–लङ हुन्।
सोमबार इटालीका डेनिली गारोजोलाई १५–११ को स्कोरमा पराजित गर्दै चिउङले स्वर्ण हात पारेका हुन्।
उनी हङकङका लागि फेन्सिङमा गोल्ड जिताउने पहिलो खेलाडी हुन्। यो जितसँगै हङकङ पदक तालिकाको १५ औं स्थानमा छ।
पदक संख्या अनुसार चीन अग्रस्थानमा छ। यद्यपी स्वर्ण संख्यामा अमेरिका र जापान अगाडि छ। १७ पदक जितेको चीनको ६ स्वर्ण छ भने अमेरिका र जापानको समान ७–७ स्वर्ण पुगेको छ।
435
Shares
प्रतिक्रिया