लन्डनको पत्रिका फाइनान्सियल टाइम्सले हङकङकी कार्यकारी प्रमुख क्यारी लामलाई चीनले हटाएर हङकङमा नयाँ कार्यकारी प्रमुख ल्याउने तयारी गरेको दाबी गरेको थियो।
बुधबार चीनको विदेश मन्त्रालयले हङकङको कार्यकारी प्रमुख परिवर्तन गरिने विषय हल्लामात्र भएको बताउँदै समाचारहरु झुठो भएको बताएको छ।
एससीएमपीका अनुसार विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनिन्,‘यस्ता समाचार विदेशी उद्देश्यसहितको राजनीतिक अफवाह हो।’
हङकङमा महिनौं यतादेखि सरकारविरोधी प्रदर्शन जारी छ। सुपुर्दगी विधेयकलाई लिएर सुरुवात भएको आन्दोलन विधेयक फिर्ता भइसकेपछि पनि रोकिन सकेको छैन।
यतिबेला प्रदर्शनकारीले कार्यकारी प्रमुख परिवर्तन गर्नुपर्ने हङकङलाई पहिलेभन्दा बढी स्वतन्त्रता दिनुपर्ने बताइरहेका छन्।
प्रतिक्रिया