हङकङमा बसोबास गर्ने अल्ससंख्यक समुदायका मानिसको बालबालिकाको लागि चिनियाँ भाषा सिक्न कठिन हुन्छ। उनीहरुले भाषा सिक्नका लागि धेरै समस्या भोग्दै आएका छन्।
हङकङका मनोज धरले यो समस्या समाधानको लागि पछिल्लो ६ वर्षभन्दा लामो समयदेखि अल्पसंख्यक समुदायका मानिसलाई चिनियाँ भाषा सिकाउन एक शैक्षिक केन्द्र सञ्चालन गर्दै आएका छन्। यद्यपि विद्यालयको औपचारिक अध्ययन सकेपछि पढाइने यो शैक्षिक केन्द्रले विद्यार्थीहरुलाई चिनियाँ भाषामा त्यति दक्ष बनाउन सक्दैन भन्ने उनलाई लाग्यो।
यो कमी पूरा गर्न उनले अहिले अल्पसंख्यक समुदायलाई लक्षित गरेर विद्यालयमा नै चिनियाँ भाषा सिकाउने उद्देश्यका साथ नयाँ विद्यालय खोलेका छन्। यो विद्यालयमा वार्षिक १८० विद्यार्थी भर्ना हुन सक्ने अपेक्षा छ। जसमध्ये ७० देखि ८० प्रतिशत विद्यार्थी अल्पसंख्यक समुदायबाट आउनेछन्। बाँकी विद्यार्थी भने चिनियाँ समुदायबाट आउँछन्। यसले विद्यालयमा फरक फरक पृष्ठभूमिका विद्यार्थीहरुमा मेल पनि हुने मनोज धर बताउँछन्। यसबाट फरक समुदायका मानिसले पनि सजिलै चिनियाँ भाषा सिक्न पाउने अपेक्षा छ।
मनोज धरले बनाएको नयाँ विद्यालय याउ त्सिम मोङ जिल्लामा ६ हजार वर्ष फिटमा अवस्थित छ। यो विद्यालय आगामी वर्षबाट सञ्चालनमा आउनेछ । यसलाई अमेरिकी लगानी बैंक मोर्गान स्ट्यान्लीले वित्तीय सहयोग दिनेछ। यो कारोबार अपरेसन सान्ता क्लाउजको माध्यमबाट हुनेछ।
मनोज धरले चिनियाँबाहेकको समुदायका बालबालिकालाई सानैमा चिनियाँ भाषा सिकाइनुपर्ने बताएका छन्। यसले चिनियाँ भाषा बोल्ने मानिसहरुसँग घुलमिल हुन पनि उनीहरुलाई सहयोग पुग्छ। धरका अनुसार समावेशी वातावरणको लागि यो योजना महत्वपूर्ण हुनेछ।
हङकङमा विशेषगरी श्रीलंका, भारत, नेपाल, पाकिस्तानी समुदायका मानिसहरु बस्छन्। साउथ चाइना मर्निङ पोस्टबाट
Shares
प्रतिक्रिया