हङकङको रेल स्टेसनमा तोडफोड भएपछि दंगा प्रहरी खटाइए

हङकङको रेल स्टेसनमा तोडफोड भएपछि दंगा प्रहरी खटाइए

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १०:१८,

हङकङको रेल स्टेसनमा तोडफोड भएपछि आइतबार हङकङका विभिन्न स्थानमा दंगा प्रहरी खटाइएका छन्।

एमटीआर स्टेनसमा पस्ने गेटहरुमा सरकार विरोधी प्रदर्शनकारीले तोडफोड गरेको एससीएमपीले जनाएको छ।

तोडफोडको घटनापछि सा टिन क्षेत्रका सपिङ सेन्टर तथा एमटीआर स्टेसनमा दंगा प्रहरी खटाइएका हुन्।

संयौं प्रदर्शनकारीले आइतबार मध्यान्न हङकङका विभिन्न स्थानमा प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरेका थिए।

आन्दोलनकारीले टाँसेका पर्चाहरुमा प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको उल्लेख छ। प्रदर्शनमा भाग लिन अपरान्ह १ बजे उपस्थित हुन आग्रह गरिएका थिए।
आइतबार मङ कक, सुन वान, ओङ ताइ सिन, ताइपो, सा तिन तथा त्युन मुनमा प्रदर्शनकारी भेला भएका थिए।

प्रहरीले ५ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .