होटल क्वारेन्टिनमा नियमन बढाउँदै हङकङ

होटल क्वारेन्टिनमा नियमन बढाउँदै हङकङ

नेपालखबर
कात्तिक २९, २०७८ सोमबार ९:१०, काठमाडौँ

हङकङले  कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै क्वारेन्टिन होटलमाथिको निगरानी बढाएको छ। पछिल्लो समय मानिसहरुले क्वारेन्टिनका नियम पालना नगर्ने क्रम बढेको भन्दै हङकङले नियमन बढाएको हो। 

त्यसका साथै हङकङको प्रशासनले होटलमा आउने र जाने ग्राहकलाई छुट्टाछुट्टै राख्न पनि निर्देशन दिएको छ। त्यस्तै होटलहरुले अब आएका मानिसहरुको सीसीटीभी क्यामेराबाट निगरानी राख्नुपर्नेछ।

अहिलेसम्म हङकङमा क्वारेन्टिनको नियम पालना नगरेको कारण १९९ जनामा कोरोना संक्रमण देखिएको छ। मानिसहरुले क्वारेन्टिनमा बस्दा शारीरिक अभ्यासको लागि बाहिर निस्किने, आफ्नो खाना वा पेय पदार्थ साटासाट गर्नेजस्ता कार्य गर्ने गरेको पाइएको छ। 

शुक्रबार हङकङमा ‘डेल्टा प्लस’ भेरियन्टका तेस्रो संक्रमित फेला परेका थिए। उनी नोभेम्बर १ देखि ६ सम्म टुङ चुङ होटलमा बसेका थिए। यसअघि डेल्टा प्लस भेरियन्ट देखिएका दुई संक्रमित पनि सोही होटलको सोही तलामा बसेका थिए। 

यस्तोमा यसअघिका संक्रमितले यो संक्रमण होटल क्वारेन्टिनकै क्रममा फैलाएको हुन सक्ने स्वास्थ्य जानकारहरुले बताएका छन्। यसरी फैलिने संक्रमण रोक्न हङकङले होटल क्वारेन्टिनमा निगरानी बढाएको हो।

अब होटलले कुनै पनि ग्राहकलाई सीसीटीभी नभएको बाटोबाट कोठामा पु¥याउन पाउने छैनन्। त्यस्तै उनीहरुले कोठाबाहिर आएर गरेको गतिविधि पनि सीसीटीभीबाट नियमन गरिनेछ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .