उक्त प्रतियोगितामा हङकङ आन्दोलन झल्काउने प्रकारको एक केक पनि समावेश भएको थियो। आयोजकले उक्त केकलाई प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरिदियो।
उक्त केकले राजनीतिक विवादलाई प्रश्रय दिएका कारण आयोजकले त्यसलाई प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको बीबीसीले जनाएको छ।
बर्मिङघाममा उक्त प्रतियोगिता आयोजना भएको थियो। आयोजक उक्त केकको बिम्बबारे जानकार थिएनन्।
प्रतिस्पर्धामा केकको सजावट र त्यसको स्वादलाई हेरेर विजेता छनौट गरिनुपर्ने थियो।
केक
एम चिनियाँ प्रतिस्पर्धीले उक्त केकले हङकङ आन्दोलनको विवादलाई दर्शाएको बताएपछि त्यस केक प्रतिस्पर्धाबाट हटाइएको हो।
केकमा हङकङका नकाबधारी प्रदर्शनकारी देखाइएको छ। हङकङमा हाल लामो समयदेखि सरकारविरुद्ध प्रदर्शन जारी छ।
प्रदर्शनकारीले नकाब लगाएर हुलदंगा र हिंस्रक प्रदर्शन गरेपछि सरकारले प्रदर्शनकारीलाई नकाब लगाउनमा प्रतिबन्ध लगाएको छ।
यसैगरी उक्त केकमा छाताहरु देखाइएका छन्। छाता प्रदर्शन हङकङको एक रणनीतिक प्रदर्शन मानिन्छ।
प्रहरीले हानेका अश्रु ग्याँस र पानीलाई छेक्न प्रदर्शनकारीले हङकङमा छाताको प्रदर्शन गर्ने गरेका छन्।
Shares
प्रतिक्रिया