जनावरबाट मानिसमा कोरोना भाइरस सरेको हुनसक्ने भन्दै हङकङमा करिब २ हजार पाल्तु मुसा मारिने भएको छ। सरकारी अधिकारीहरुले पाल्तु जनावर पाइने पसलहरुलाई ती मुसा हस्तान्तरण गर्न भनेका छन्।
त्यस्तै साना जनावर आयातमा पनि रोक लगाइएको छ। हङकङमा जनावरबाट मानिसमा कोरोना सरेको देखिएपछि सो कदम चालिएको हो।
पाल्तु मुसाबाट लिइएका नमुनामध्ये ११ वटामा कोभिड–१९ पोजिटिभ देखिएको थियो। त्यस्तै दुई जना मानिसमा पनि संक्रमण देखिएको छ। कजवे बेमा रहेको एक ‘पेट सप’ बाट संक्रमण फैलिएको आशंकामा सो परीक्षण गरिएको थियो।
ती मुसालाई मार्नुअघि परीक्षण गरिने अधिकारीहरुले बताएका छन्।
डिसेम्बर २२ पछि पाल्तु मुसा किनेका सबैले ती मुसा सरकारलाई बुझाउनुपर्ने कृषि, मत्स्यपालन र संरक्षण निर्देशक डा. लेउङ सिउफाइले बताए। एससीएमपी
750
Shares
प्रतिक्रिया