हङकङ प्रमुख क्यारी लामले हङकङमा पाल्तु मुसा मार्ने सरकारको निर्णयको बचाउ गरेकी छिन्।
पछिल्लो समय पाल्तु मुसाबाट हङकङमा कोरोना संक्रमण गुणात्मकरुपमा बढ्ने जोखिम रहेको उनको भनाइ छ।
हङकङमा कोरोना संक्रमण फैलिएसँगै सरकारले पाल्तु मुसा मार्ने आदेश दिएको थियो।
सरकारको निर्णयबाट जनावरका मालिकहरु दुःखी भएको आफूले बुझेको तर अहिलेको अवस्थामा महामारी नियन्त्रण प्राथमिकता रहेको लामको भनाइ छ।
हङकङमा डेल्टा भेरियन्टसहितको संक्रमण फैलिएसँगै त्यसको स्रोत पाल्तु जनावरको पसलसम्म पुगेको थियो।
त्यसपछि केही पाल्तु मुसामा गरिएको कोरोना परीक्षणमा केहीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
हङकङ कोरोना संक्रमणलाई शून्यमा झार्ने रणनीतिमा अघि बढिरहेको छ।
3.8k
Shares
प्रतिक्रिया