हङकङको पोलिटेक्निक विश्वविद्यालयमा दश दिनसम्म हिंस्रक प्रदर्शन भएको थियो।
गत हप्तामात्र उक्त आन्दोलन साम्य भएको थियो। लगातार दश दिन प्रहरीले पोलिटेक्निक विश्वविद्यालय भित्रका हजारौं आन्दोलनकारीलाई बाहिर निस्कन नदिएपछि उनीहरु भोक प्यासका कारण आत्मसमर्पण गर्न बाध्य भएका थिए।
दश दिनसम्म प्रहरीमाथि विश्वविद्यालय भित्रैबाट पेट्रोल बम, धनुवाण, ढुंगाहरु प्रहार भएको थिए।
हाल पनि त्यस विश्वविद्यालय भित्र कैयौं प्रदर्शनकारी भएको एससीएमपीले उल्लेख गरेको छ। उनीहरुकै समर्थनमा मंगलबार हङकङमा २ सयभन्दा बढी मानिसहरुले नारा लगाएका थिए।
उनीहरुले २० मिनेटसम्म भिक्टोरिया हार्बोर छेउको सडक अवरोध गरेको जनाइएको छ।
प्रतिक्रिया