अमेरिकी संसदले हङकङमा मानवअधिकार तथा प्रजातन्त्रसम्बन्धी ऐन पारित गरेको सम्बन्धमा चीनको विदेश मन्त्रालयले चीनका लागि अमेरिकी राजदूत टेरी ब्रान्सटडलाई बोलाएर त्यसबारे बिरोध जनाएको छ।
सो ऐन पारित गरेलगत्तै सो कदमलाई वेइजिङले उसको आन्तरिक मामिलामा वासिङटनको अनावश्यक हस्तक्षेप भनी प्रतिक्रिया जनाएको थियो ।
बिहिबार बिहान जारी गरेको वक्तव्यमा चीनको विदेश मन्त्रालयले यस कदमका विरुद्ध अमेरिकालाई सशक्त जवाफ दिन चीन नहिच्किचाउने जनाएको छ। उसको त्यो कदम कस्तो हुने भन्नेबारे विस्तृतरुपमा व्याख्या गरेको छैन।
चीनिया उप विदेशमन्त्री झेङ झेगुवाङले अमेरिकालाई उसको गल्ति सँच्याउन, हङकङ मामिला र चीनको आन्तरिक मामिलामा हस्तक्षेप रोक्न आह्वान गरेका छन्।
प्रतिक्रिया