सरकार विरोधी प्रदर्शनका क्रममा आन्दोलनकारीले विश्वविद्यालय केन्द्रित प्रदर्शन गरेपछि यसले शिक्षा क्षेत्रमा ठूलो असर पुगेको छ।
यी सबै घटनाहरुको जिम्मा शिक्षामन्त्रीको कमजोरीका कराण भएकाले यसको जिम्मा केभिन युङले लिनुपर्ने आवाज उठिरहँदा उनले विश्वविद्यालयका सुरक्षा व्यवस्था कडा बनाइनु पर्ने साथै प्रदर्शनकारीलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाइनु पर्ने बताएका हुन्।
उनले विश्वविद्यालयले सुरक्षा व्यवस्था कडा बनाउँदै व्यवस्थापन पक्षमा सुधार ल्याउन आग्रह पनि गरेका छन्।
यसअघि प्रदर्शनकारीले दश दिनभन्दा बढी पोलिटेक्निक विश्वविद्यालय नियन्त्रणमा लिएपछि प्रहरीले उक्त विश्वविद्यालय गत हप्तामात्र आफ्नो नियन्त्रण लिएको हो।
प्रहरीले उक्त पोलिटेक्निक विश्वविद्यालयबाट १0 हजार पेट्रोल बम फेला परेको जनाएको छ।
एससीएमपीका अनुसार प्रहरीमाथि विश्वविद्यालय भित्रैबाट पेट्रोल बम, धनुवाण र ढुँगाहरु प्रहार भएका थिए।
प्रतिक्रिया