चिनियाँ राष्ट्रपति सी चिनफिङ हङकङ बेलायती उपनिवेशबाट मुक्त हुँदै चीनलाई हस्तान्तरण गरिएको २५ वर्षको अवसरमा हुने कार्यक्रममा सरिक हुने भएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको नयाँ सरकारको शपथ ग्रहणमा पनि सी सामेल हुनेछन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार हङकङ बेलायतबाट मुक्त भएको २५ औं वर्षगाँठ मनाउन र हङकङको छैटौं सरकारको कार्यकालको उद्घाटनका लागि चिनियाँ राष्ट्रपति सी आउन लागेका हुन्।
शनिबार कार्यकाल सकिन लागेकी हङकङ प्रमुख क्यारी लाम र आगामी हङकङ प्रमुख जोन ली का चिउले एक विज्ञप्ति जारी गर्दै जुलाई १ मा हुने उक्त समारोहमा सरिक हुने राष्ट्रपतिको निर्णयप्रति आभार व्यक्त गरेका छन्।
495
Shares
प्रतिक्रिया