विदेशी विद्यार्थीका लागि लण्डन उत्कृष्ट गन्तव्य, हङकङ १२ औं स्थानमा

विदेशी विद्यार्थीका लागि लण्डन उत्कृष्ट गन्तव्य, हङकङ १२ औं स्थानमा

नेपालखबर
असार १६, २०७९ बिहिबार १०:३१, काठमाडौँ

विदेशी विद्यार्थीका लागि अध्ययन गर्न बेलायतको लण्डन यस वर्ष पनि उत्कृष्ट गन्तव्यको रुपमा देखिएको छ। हालै सार्वजनिक भएको उच्च शिक्षाको वार्षिक प्रतिवेदनअनुसार दक्षिण कोरियाको सोल सूचीको दोस्रो स्थानमा देखिएको छ। 

लण्डन लगातार चार वर्षदेखि विदेशी विद्यार्थीको लागि उत्कृष्ट गन्तव्यको सूचीमा रहँदै आएको छ। सोल भने पहिलोपटक दोस्रो स्थानमा आउन सफल भएको हो। हङकङ पनि तीन स्थान सुधार गर्दै १२ औं स्थानमा आएको छ। 

बेलायती कम्पनी क्युवाकुरेली सिमोन्ड (क्युएस)ले सार्वजनिक गरेको सूचीमा विश्वका १४० सहर समावेश छन्। यीमध्ये ५८ सहर अघिल्लो वर्षको तुलनामा सूचीमा अगाडि आएका छन्।

अर्को सहर एडिनवर्ग पनि सूचीको १० औं स्थानमा आइपुगेको छ। जर्मनीको म्युनिख पनि सूचीको दोस्रो स्थानमा सोलसँग संयुक्त स्थानमा छ। चौथो स्थानमा जर्मनीकै जुरिच छ भने मेलबर्न एक स्थान सुधार गर्दै पाँचौं स्थानमा आइपुगेको छ। 

अघिल्लो वर्ष पाँचौं स्थानमा रहेको बर्लिन यसवर्ष छैटौं स्थानमा झरेको छ। जापानको टोकियो सातौं स्थानमा झरेको छ भने पेरिस सूचीको आठौं स्थानमा आइपुगेको छ। अष्ट्रेलियाको सिड्नी एक स्थान खस्किँदै नवौं स्थानमा पुगेको छ। 

हङकङ अघिल्लो वर्षको तुलनामा तीन स्थान अगाडि आउँदै १२ औं स्थानमा आइपुगेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .