जोन लीले हङकङका पाँचौँ कार्यकारी प्रमुखको शपथ लिएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग मन्दारिनमा उनले शपथ लिएका हुन्।
शपथपछि उनले तालीको गड्गडाहटका बीच सीसँग फोटो खिचाएका थिए।
सीले लीपछि अन्य उच्च अधिकारीहरुलाई पनि शपथ खुवाए। जसमा तीन शीर्ष सचिव, उनीहरुका सहायक र १५ ब्युरो मन्त्री छन्।
शपथका क्रममा पुरुष मन्त्रीहरु अगाडि थिए भने महिला पछाडि। लीले उनीहरु सबैलाई एक एक गर्दै चिनाएका थिए। त्यसपछि सबैले पहिले सीतर्फ फर्केर र त्यसपछि पाहुनातर्फ फर्केर टाउको झुकाएका थिए।
त्यसपछि लीले कार्यकारी परिषदका सदस्यहरुलाई शपथ खुवाएका थिए। एससीएमपी
87
Shares
प्रतिक्रिया