हङकङमा आइतबार दिउँसोसम्मका लागि तुफान चाबा आउन सक्ने नम्बर ३ चेतावनी जारी राखिएको छ।
पछिल्लो समय तुफान कमजोर बन्दै गएको भए पनि यसले अझै पनि पर्ल रिभर डेल्टा क्षेत्रलाई प्रभावित गर्न सक्ने अधिकारीहरुले बताएका छन्।
मौसमविदहरुले अझै पनि तुफान चाबा आउन सक्ने सम्भावना भएकाले मानिसहरुलाई समुद्री किनारामा नजान सुझाव दिएको छ।
आइतबार दिउँसोपछि भने तुफान चाबा आउन सक्ने सम्भावना कम देखिएको छ।
हङकङको फ्लाइङ सर्भिसले शनिबार तीनजनाको उद्धार गरेको थियो।
1.4k
Shares
प्रतिक्रिया