हङकङ प्रहरीले नागरिकसँगको सम्बन्ध सुधार्ने प्रयासस्वरुप प्रहरी बलविरुद्ध फैल्याइने मिथ्या सूचना र हल्लाविरुद्ध प्रविधिको प्रयोग गर्ने भएको छ। हङकङ प्रहरीका नयाँ जनसम्बन्ध प्रमुखले सो कुरा बताएका हुन्।
असिस्टेन्ट कमिस्नर जो चान तुङले जनसम्बन्ध विभागका पाँच प्रमुख प्राथमिकतामध्ये मिथ्या सूचनाविरुद्धको लडाइँ पनि एक भएको बताए। त्यसका लागि २४ सै घण्टा जनताका विचार पछ्याउने व्यवस्था गरिने उनले बताए।
उनले मिथ्या सूचनाले प्रहरी र जनताको सम्बन्ध बिगार्न भूमिका खेलेको पनि बताए। उनले २०१९ को सामाजिक अशान्तिका बेला पनि प्रहरीविरुद्ध लक्षित मिथ्या सूचना प्रचार भएको स्मरण गरे। त्यस्तो गतिविधि २०२० मा सुरक्षा कानुन पारित भएपछि मात्र रोकिएको उनको भनाय थियो।
‘एउटा मिथ्या खबर पनि ज्यादा हो,’ उनले भने, ‘त्यसलाई हामीले समयमै रोकेनौँ भने त्यसले समाज र बासिन्दाहरुमा गम्भीर असर पार्न सक्छ।’
हङकङ प्रहरीले प्रहरीसम्बन्धी अनलाइन सूचना नियाल्न र त्यसबारे रिपोर्ट तयार गर्न निजी कम्पनीसँग सम्झौता गरेको छ। यो प्रणाली यसै वर्ष जडान गरिएको हो।
त्यस्तै प्रहरीको जनसम्बन्ध विभाग पनि स्तरोन्नति भएको प्रहरीले जनाएको छ। शाखाका तीन ब्युरो र आठ उपशाखा हुनेछन्।
चानले अब आफू नेतृत्वको प्रहरीको विभाग प्रहरी, सहर मुलुकका बारेमा राम्रो खबर भन्न प्रतिबद्ध भएको बताए। एससीएमपी
Shares
प्रतिक्रिया