हङकङ रिटेल म्यानेजमेन्ट एसोसियसनले आन्दोलन जारी रहे अबको ६ महिना भित्र ५ हजार ६ सय कामदारहरुले जीवनयापनका लागि अपनाइरहेको रोजगारी गुमाउने अनुमान गरेको छ।
एसोसिएसनको तथ्यांकलाई उल्लेख गर्दै द स्टान्डर्डले भनेको छ,‘बर्षको तेस्रो चौमासिकमा भएको तथ्यांक अनुसार खुद्रा बिक्रि १७.५ प्रतिशत गिरावट आएको देखाएको छ। साथै एसोसिएसनले अक्टोबर २९ देखि नोभेम्बर २२ बिच १७६ कम्पनीहरुमा गरेको सर्बेक्षण अनुसार ती कम्पनीहरुले ४३१० खुद्रा पसलहरु सन्चालन गरेको थाहा भएको छ।’
‘सर्वेक्षणलाई मध्यनजर गर्दा गत जुन महिनाबाट आन्दोलन सुरु भएयता ९७ प्रतिशत ब्यापारीहरुले व्यापार घाटा खाएका छन्। तीमध्ये ९० प्रतिशतले आफ्नो घाटा मध्यम वा त्यो भन्दामाथि रहेको बताएका छन्। ५७ प्रतिशतले गम्भीर क्षति भोग्नु परेको जनाएका छन्। ११ प्रतिशतले भने आगामी ६ महिना भित्र आफ्नो व्यवसाय पुर्ण बन्द गर्ने बताएका छन्।,’ रिटेल म्यानेजमेन्टको तथ्यांक भन्छ।
एसोसिएसनका अनुसार ६४ हजार लाईसेन्स होल्डर पसलहरु मध्ये ७ हजार पसल पुर्ण बन्द हुनेछन्।
व्यवसाय बन्द नगर्नेहरूको कम्पनीहरुले पनि पसलको सङ्ख्या घटाउने घटाउने योजना बनाइरहेका छन्।
साना र मझौला उद्यमीहरुले आफ्ना आधा जति साखाहरु बन्द गर्ने योजना बनाएका छन् भने ४९ प्रतिसत विभिन्न साखाहरु खोलेर सन्चालन गरिरहेका खुद्रा पसल कम्पनीले १० देखि २० प्रतिसत साखाहरु बन्द गर्ने तयारी गरिरहेका छन्।
आन्दोलन चलिरहेमा १७६ कम्पनिहरु मध्ये ३० प्रतिसतले आफ्ना कामदारहरु आगामी ६ महिना भित्र १० प्रतिसतले कटौती गर्ने बताएका छन्।
हाल खुद्रा ब्यापारमा करिब २ लाख ७० हजार रोजगारीमा छन्। आगामी ६ महिना भित्र ५ हजार ६ सय बेरोजगार हुने एसोसिएसनको अनुमान छ।
एसोसिएसनका अध्यक्ष एनी त्से याउ–यीका अनुसार खुद्रा ब्यापार क्षेत्रको अहिलेको अवस्था सबैभन्दा खराब छ। चालु डिसेम्बरमा समेत बिक्री व्यापार अक्टोबरको जस्तै घाटामा हुने उनको भनाइ छ। गत अक्टोबरमा खुद्रा बिक्री २४.३ प्रतिसतले गिरावट आएको थियो।
खुद्रा उद्योगलाई ठूलो झट्का लाग्ने भएकाले उनले विभिन्न सरोकारवालाहरुलाई यस्तो कठिन समयमा खुद्रा उद्योगलाई सहयोग गर्न आग्रह गरेकी छिन्।
उनले भनिन्,‘सरकारले यो कठिन समयका लागि बिभिन्न राहत प्रक्रियाका धेरै चरणहरू सुरू गरिसकेका छन्। आशा छ कि सरकारले यथाशीघ्र त्यसको कार्यान्वयन गर्नेछ।’
विशेष गरी साना तथा मध्यम उद्यमलाई आर्थिक सहायता उपलब्ध गराउने योजनाको स्वीकृतिका लागि प्रक्रियाहरू र आवश्यकताहरू बारे बैंकहरूसँग परामर्श अगाडि बढाउनु पर्ने कुरामा उनको जोड छ। उनी भन्छिन्,‘यस्तो परिस्थितिसँग सामना गर्न सबैभन्दा ठूलो र सबैभन्दा प्रभावकारी तरीका व्यवसायिक स्थानको भाडा घटाउनु हो।’
तलब र भाँडा खुद्रा विक्रेताको लागि ठूलो खर्च हुने उनको भनाइ छl
मारमा नेपालीसहित सबै व्यवसायी
आन्दोलनले नेपाली व्यवसायीहरु पनि ठूलो मारमा परेका छन्। लान क्वाई फोङमा ४ वटा बार सन्चालन गर्दै आएका कर्म गुरुङका अनुसार आन्दोलनका कारण १० लाख हङकङ डलर घाटा खानु परेको छ।
उनी घरबेटीले भाडा घटाईदिएकाले थोरै राहत मिलेको बताउँछन्। केही समययता भने यहाँको अन्दोलन थोरै मथ्थर भएको छ। यस समयमा भने व्यापारमा सुधार भएको उनी सुनाउँछन्। यद्यपी आन्दोलन जारी रहे धन्दा चौपट हुने उनको दाबी छ।
चिम सा शुईस्थित एक जडिबुटी पसलमा काम गर्ने ६० बर्षीय चिनियाँ सेल्स म्यान व्यापार नहुदा जागिर जाने डरले चिन्तित छन्। उनले नेपालखबरलाई भने,‘आन्दोलनयता पलस प्राय शून्य छ, हाम्रो मुख्य ग्राहकहरु मुख्यभूमि चीन का हुन्थे, आन्दोलनपछि उनिहरुको आगमन ह्वात्तै घटेको छ। ग्राहक नहुँदा समय कटाउन यही मोबाइल फोन साथी भएको छ।’
उमेर ढल्कँदै गएका कारण अर्को जागिर पाउन कठिन हुने उनले बताए।
सर्वेक्षणअनुसार ३८ प्रतिशत घर मालिकहरू भाडा र अन्य शुल्कहरू घटाउन सहमत भएको थाहा भएको छ। यद्यपी ८० प्रतिशत भन्दा बढी खुद्रा ब्यापारीहरुले भाडा घटाउदै मात्र भाडा तिर्न रकम पर्याप्त नहुने बताएका छन्। करिब ४० प्रतिशत व्यवसायीहरुले ५० प्रतिसत भाडा घटाउनुपर्ने बताएका छन् भने ३० प्रतिशत ब्याबसायीले ३० प्रतिशत घटाए पनि आफूहरु सन्तुष्ट हुने धारणा राखेका छन्।
एसोसिएसनले घर मालिकहरूलाई व्यापारीहरूलाई परेको घाटाको आधारमा भाडा कटौती गरी राहत प्रदान गर्न आग्रह गरेको छ।
प्रतिक्रिया