हङकङमा पछिल्लो ६ महिनामा ब्याजदर महिनामा पाँचौंपटक बढेको छ।
हङकङको केन्द्रीय बैंकले बिहीबार ब्याजदरको आधार दर ७५ आधार अंकले बढाएको छ। यससँगै हङकङमा ब्याजको आधार दर ३.५ प्रतिशत पुगेको छ।
तत्कालैदेखि लागू हुने गरी बढाइएको आधार दर हङकङको लागि १४ वर्षयताकै उच्च हो। यसअघि सन् २००८ को मार्चमा हङकङमा ब्याजको आधार दर ३.७५ प्रतिशत थियो। जतिबेला समग्र विश्व वित्तीय संकटको सामना गरिरहको थियो।
हङकङको मौद्रिक नियमनकारी निकाय (एचकेएमए)ले सन् १९८३ यता मौद्रिक व्यवस्थापनको नीति ल्याउँदै अएको छ। यसअघि अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजको आधार दर १४ वर्षयताकै उच्च राख्ने निर्णय गरेको थियो।
एचकेएमएका प्रमुखले यसले आगामी दिनमा हङकङको खराब कर्जा पनि बढ्न सक्ने बताए।
यद्यपि पछिल्लो समय हङकङको बैंकिङ क्षेत्र बलियो अवस्थामा रहेकाले सामान्य हिसाबमा खराब कर्जा बढ्नुले समग्र क्षेत्रमा खासै ठूलो असर नपार्ने उनको भनाइ छ।
Shares
प्रतिक्रिया