वित्तीय सचिव भन्छन् : वित्तीय केन्द्रका रुपमा हङकङ अझै पनि सिंगापुरभन्दा अगाडि छ

वित्तीय सचिव भन्छन् : वित्तीय केन्द्रका रुपमा हङकङ अझै पनि सिंगापुरभन्दा अगाडि छ

नेपालखबर
असोज २३, २०७९ आइतबार २०:०, हङकङ

अन्तर्राष्ट्रिय वित्तीय केन्द्रका रुपमा हङकङले सिंगापुरलाई अनेक हिसाबले पछि पार्ने वित्तीय सचिव पौल चान मोपोले बताएका छन्। 

सेप्टेम्बरमा सार्वजनिक भएको ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्समा हङकङको स्थान तेस्रोबाट चौथोमा खस्किएको थियो। उता सिंगापुर भने छैठौँबाट तेस्रोमा उक्लिएको थियो। पहिलो स्थानमा न्युयोर्क र दोस्रोमा लन्डन छन्।

तर, अझै पनि हङकङ थुप्र्रै हिसाबले सिंगापुरभन्दा अगाडि रहेको पिचज चानले बताएका हुन्। आइतबार एक ब्लग पोस्टमा उनले हङकङले प्रतिभाहरुलाई आकर्षित गर्न र प्रतिस्पर्धा कायम राख्नमा भने चुनौती बेहोरिरहेको स्वीकार गरे।

‘हङकङ सधैँ प्रतिस्पर्धाकै माझ विकसित हुँदै आएको छ। हामीले आफूलाई कम आक्नुपर्ने वा हाम्रा कमजोरी लुकाउनुपर्ने पर्ने कुनै कारण छैन,’ उनले भने, ‘हामीले तथ्यबाट सत्य खोज्नुपर्छ, सूत्रबद्ध उपाय लगाउनुपर्छ र हङकङको वित्तीय बजारको प्रतिस्पर्धात्मक क्षमतालाई वृद्धि गर्नुपर्छ।’

उनले अर्को महिना हङकङमा हुने भनिएको दुई दिने लगानी सम्मेलन तीन दिनका लागि लम्बिने पनि बताए।

नोभेम्बर ३ मा हुने ग्लोबल फाइनान्सियल लिडर्स इन्भेस्टमेन्ट समिटमा २ सय लगानीकर्ता आउने अपेक्षा गरिएको छ। एससीएमपी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .