हङकङमा आफ्ना पूर्व प्रेमीलाई पुरानो यौन भिडियो सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा ३२ वर्षीया युवतीलाई अदालतले दोषी ठहर गरेको छ।
हङकङस्थित रेष्टुरेन्टकी पूर्व कर्मचारीसमेत रहेकी वोङ सासाले उच्च् पदस्थ व्यक्तिलाई धम्की देखाउँदै गत वर्षको सेप्टेम्बरदेखि अक्टोबरबीचको २७ दिनमा दर्जनभन्दा धेरै धम्क्याउने किसिमको म्यासेज गरेकी थिइन्।
उक्त म्यासेजमा उनले ती विवाहित पूर्व प्रेमीसँग उनको यौन भिडियो सार्वजनिक गरिदिने भन्दै पैसा मागेकी थिइन्। अदालतका अनुसार युवती आफ्ना पतिसँग खुसी थिइनन्।
त्यसैले उनले रेष्टुरेन्टकै उच्च अधिकारीसँग सन् २०२१ बाट विवाहोत्तर सम्बन्ध राख्न थालेकी थिइन्। अदालतले पीडितको नाम भने खुलाएको छैन।
केही समय उनीहरु नजिक भए पनि यो सम्बन्धले आफ्नो वैवाहिक जीवनमा समस्या उत्पन्न गर्न सक्ने भयका कारण पुरुषले महिलासँग दुरी बढाउन थालेका थिए।
त्यसपछि महिलाले उनीहरुबीचको यौन भिडियो सार्वजनिक नगर्ने शर्तमा पैसा मागेकी थिइन्। उनले १ लाख ५० हजार हङकङ डलरदेखि ५ लाख हङकङ डलरसम्मको रकम माग गरेकी थिइन्।
अक्टोबर २५ मा यो मुद्दामा पुनः सुनुवाइ हुनेछ। जसमा महिलालाई अदालतले अधिकतम १४ वर्षसम्मको जेल सजाय सुनाउन सक्छ।
Shares
प्रतिक्रिया