हङकङको मोबाइल बैकिङ एसियाकै राम्रो रहेको एक विश्वव्यापी अध्ययनले देखाएको छ।
सिया पार्टनर्सले गरेको अध्ययनका अनुसार समग्र विश्वभरमा भने हङकङको मोबाइल बैंकिङ पाँचौंमा पर्छ। कोभिड–१९ महामारीले पनि मोबाइल बैकिङको विकासको लागि सहयोग पुगेको छ।
हङकङका १७ मोबाइल बैकिङ एपले ५६ अंक पाएका छन्। यो सूचीको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्स ६६ अंकका साथ पहिलो स्थानमा छ। दोस्रोमा रहेको बेलायत ६५, तेस्रोमा स्पेन ६३ र इटाली ६० अंकका साथ चौथो स्थानमा छन्।
अध्ययनको प्रतिवेदनका अनुसार मानिसहरुले मोबाइल बैंकिङ चलाउँदाको विभिन्न ८५ वटा विधालाई आधार बनाइएको थियो।
जसमा मानिसहरुको मोबाइल बैंकिङ चलाउँदाको अनुभव र उनीहरुको धारणा पनि समावेश गरिएको थियो। वार्षिक हिसाबमा औसतमा हङकङको मोबाइल बैंकिङ एपले १८ प्रतिशत बढी अंक पाएको थियो।
हङकङमा कोभिड–१९ को महामारीको समयमा ११ सय बैंक शाखामध्ये ६ सय बन्द भएका थिए। जसको कारण मानिसहरुलाई डिजिटल बैंकिङमा जान बाध्य हुनुपरेको थियो।
हङकङले यस वर्ष एसियामा सिंगापुरलाई पछि पार्दै मोबाइल बैंकिङमा आफूलाई अब्बल साबित गरेको हो।
Shares
प्रतिक्रिया