आन्दोलनले जनजीवन प्रभावित बनाएको समयमा पनि लामले हङकङमा शान्ति र स्थायित्व ल्याउन साहसी कार्य गरेको सीको भनाइ रहेको छ।
यस्तै चिनियाँ राष्ट्रपतिले हङकङका प्रहरीलाई बेइजिङको साथ भएको दोहोर्याए। ७ महिनायता जारी आन्दोलनका कारण हङकङको अर्थतन्त्रमा ठूलो झट्का लागेको छ।
चीनका प्रधानमन्त्री ली किकियाङले हङकङकी कार्यकारीलाई हङकङको समस्याहरुको बारेमा सम्बोधन गर्न आग्रह गरेको केही समयपछि सीले लामको प्रशंसा गरेका हुन्।
सीले भने,‘समस्या र दबाब झेल्दा पनि लामले एक देश दुई प्रणाली सिद्धान्तलाई पालना गर्दै हङकङको समस्या समाधान गर्ने प्रयास गरिन्। उनले धेरै काम गरेकी छिन्।’
सीले हङकङको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै सबै एक भएर हङकङको विकासमा लाग्नु पर्ने बताएको एससीएमपीले जनाएको छ।
3
Shares
प्रतिक्रिया