हङकङमा चलिरहेको बसमा रुख खस्दा सातजना घाइते भएका छन्। सोमबार ठूलो हावाहुरी चलिरहेको अवस्थामा गुडिरहेको गाडीमा रुख खसेको हो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सोमबार हो मान टिनस्थित मुख्य सडकमा रुख ढल्दा गुडिरहेको बसमा खसेको हो।
प्रहरीका अनुसार अहिले घाइते भएका सातैजना मानिसहरु उपचारपछि घर फर्किएका छन्। बसमा खसेको रुख निजी सम्पत्तिमा रोपिएको रुख भएकाले दुर्घटनाको कारण भएको सबै खर्च रुखको मालिकल व्यहोर्नुपर्ने प्रहरीले बताएको छ।
प्रहरीका अनुसार रुख हावाको कारण ढलेको भए पनि जग्गाको मालिकले रुखको कारण सडकमा पुग्न सक्ने क्षतिको बारेमा पहिला नै उचित प्रबन्ध नगरेको बताएको छ।
सोमबार दुई तले बसमा १० फिट अग्लो उक्त रुख खसेको हो।
जसको कारण बसको अगाडिको भागमा क्षति पुगेको छ भने रुख खस्दा फुटेको सिसाको कारण सातजना मानिसहरु घाइते भएका हुन्।
612
Shares
प्रतिक्रिया