शुक्रबार न्यु टेरिटोरिजमा छापा मार्दा प्रहरीले १ सय ५० केजीभन्दा बढी गाँजा फेला पारेको हो। प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ।
दुई स्थानमा छापा मार्दा प्रहरीले ठूलो परिमाणको गाँजा भेटेका हुन्। पक्राउ परेका चारजना गाँजा खेती गर्ने व्यक्ति भएको बताइएको छ। उनीहरुबाट १६ सयवटा गाँजाको बिरुवा पनि बरामद भएको छ।
हङकङमा गाँजा खेती अवैध मानिन्छ। गाँजा खेती गरेको भेटिए १ लाख हङकङ डलरसहित १५ वर्षको जेल सजायको व्यवस्था कानुनमा उल्लेख छ। एससीएमपी
प्रतिक्रिया