हङकङमा अंग्रेजी नयाँ वर्षको दिन बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। हङकङ प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा परी घाइते हुनेमा पाँचजना पुरुष र सात महिला छन्।
उनीहरु ३९ देखि ७६ वर्षको उमेरको बीचका मानिसहरु रहेको प्रहरीले बताउको छ। उनीहरुलाई सामान्य चोट लागेको र उनीहरुको त्सेउङ क्वान ओ हस्पिटलमा उपचार भइरहेको छ। गाडीबाट ३० यात्रुको उद्धार गरिएको प्रहरीले बताएको छ।
यस विषयमा अनुसन्धानको लागि बसका ५५ वर्षीय चालक पनि पक्राउ परेका छन्। उनीमाथि अहिले थप सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ।
फायर सर्भिस डिपार्टमेन्टले दिएको जानकारीअनुसार घाइते भएका १२ मध्ये दुईजनाको घाँटीमा चोट लागेको र बाँकीको भने पाखुरा, खुट्टा र अनुहारमा चोट लागेको छ।
प्रहरीका अनुसार दुर्घटना भएको १० मिनेटभित्रै अधिकांश यात्रुलाई उद्धार गरिएको थियो भने घाइतेलाई घटनास्थलमै पनि प्राथमिक उपचार उपलब्ध गराइएको थियो।
Shares
प्रतिक्रिया