हङकङको आफ्नै सुरक्षा कानुन अर्थात् आधारभूत कानुनको धारा २३ यही वर्षभित्र लागू गरिसक्ने प्रमुख कार्यकारी जोन लीले बताएका छन्। एक अन्तर्वार्तामा उनले यही वर्षभित्र कोरोनासम्बन्धी सबै निर्देशनहरु हटाइसकिने पनि बताए।
हिंसात्मक प्रदर्शनहरु चर्किंदै जाँदा बेइजिङले ३० जुन २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो। जसले मुलुक टुक्र्याउने गतिविधि, विदेशीसँगको साँठगाँठ, आतंकवादजस्ता विषयलाई समेटेको थियो।
तर, हङकङको आफ्नै कानुनमा पनि यी व्यवस्था हुनुपर्ने भन्दै धेरै वर्ष अघिदेखि धारा २३ लागू गर्ने प्रयास गरिँदै आएको छ।
सो विधेयक २००३ मा पास गर्न खोज्दा करिब ५ लाख मानिस सडकमा ओर्लिएका थिए। त्यसपछि सो प्रयास छाडिएको थियो।
लीले हङकङ कमर्सियल डेलीसँगको अन्तर्वार्तामा सुरक्षा ब्युरोले सो विधेयकको नयाँ मस्यौदा तयार पार्दै गरेको जनाएका छन्।
सो मस्यौदाले जासुसीलगायतका काममा विभिन्न एजेन्सीहरुले गर्ने गतिविधिलाई रोक्ने लीले बताए।
उनले विभिन्न संस्थाका नाममा हुने चलखेललाई रोकिने बताउँदै विदेशी प्रोक्सीहरुलाई सहरमा छिर्नबाटै रोक्न आवश्यक रहेको जनाए। एससीएमपी
Shares
प्रतिक्रिया