हङकङको घरजग्गामा लगानीको मात्रा यो वर्ष १५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। बढ्दो ब्याजदकारका बीच घरजग्गाको मूल्य सस्तिएपछि लगानीकर्ताहरु होसियारीपूर्वक लगानीका लागि तयार हुँदैछन्।
सीबीआरईको एसिया–प्यासिफिक इन्भेस्टर इन्टेन्सन्स सर्भेका अनुसार यो वर्ष हङकङ सीमापार लगानीका लागि लक्षित सहरमध्ये पाँचौँ स्थानमा उक्लेको छ। हङकङ गत चार वर्ष शीर्ष पाँचमा अटाउन सकेको थिएन।
‘मुख्यभूमि चीनसँगको सीमा खुलेपछि र मूल्य अलिकति सस्तिएपछि लगानीकर्ताका लागि हङकङ पुनः आकर्षक गन्तव्य बनेको छ,’ सीबीआरईको कार्यकारी निर्देशक मार्कोस चान भन्छन्।
यो सर्वे गत नोभेम्बर र डिसेम्बरमा गरिएको थियो।
तर, मुलुकहरुमा मुद्रास्फिति रोक्न ब्याजदर बढाइँदै छ। त्यसैले यो क्षेत्रका लगानीकर्ताहरु सतर्क छन्।
२०२२ मा कारोबार रकम पनि घटेर झण्डै आधा भएको छ। यो वर्ष हङकङमा मात्र १०१ ठूला कारोबार सम्पन्न भए। जुन १० वर्षयताकै सबैभन्दा कम हो। एससीएमपी
Shares
प्रतिक्रिया